Saturday, May 16, 2009

नेपालको भौगोलिक परिचय (सामान्य परिचय)

नेपालको कूल छेत्रफल 1,47,181 वर्ग किलोमिटर छ । नेपालले विश्वको कूल छेत्रफलको 0.03 % र एसिया महादेशको 0.3 % भाग ओगटेको छ । नेपाल 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर तथा 26 डिग्री 22 मिनेट उत्तरी अछांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अछांशबीच अवस्थित छ । नेपालको औसत लम्बाई 885 किलोमिटर र चौडाई 193 किलोमिटर छ । यसको सबभन्दा बढी चौडाई 241 किलोमिटर र सबभन्दा कम चौडाई 145 किलोमिटर छ । नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रामाणिक समय ग्रिनवीच समय भन्दा 5 घण्टा 45 मिनेट छिटो छ । यो समय 2042 वैशाख 1 देखि लागू गरिएको हो । नेपालमा विश्वकै सबभन्दा अग्लो भूभाग सगरमाथा 8848 मिटर उचाइमा छ । नेपालको सबभन्दा होचो भूभाग झापाको केचनाकलन हो जसको उचाइ समुद्र सतहदेखि 70 मिटर छ ।

No comments:

Post a Comment