Sunday, May 17, 2009

धरातलको आधारमा नेपालको वर्गीकरण

* धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
- 3 ( हिमाल,पहाड र तराई )
* हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
- 4877 मि - 8848 मिटरसम्म
* हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
- 15 प्रतिशत
* राष्ट्रिय जनगणना 2058 अनुसार हिमाली क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छ ?
- 7.29 प्रतिशत ( 16,87,859 )
* हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ?
- 16 जिल्ला
* हिमाली प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
- मुख्य हिमालय , भित्री हिमालय र सिमान्त हिमालय
* पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
- 610 मि - 4877 मिटरसम्म
* पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
- 68 प्रतिशत
* पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
- 39 जिल्ला
* राष्ट्रिय जनगणना 2058 अनुसार पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छ ?
- 44.28 प्रतिशत
* पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
- 3 ( सिवालिक श्रेणी , महाभारत पर्वत र मध्यभूमि )
* तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
- 70 मि - 610 मीटर
* तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
- 17 प्रतिशत
* तराई प्रदेशको फैलावट कति छ ?
- 25-30 किलोमिटरसम्म
* राष्ट्रिय जनगणना 2058 अनुसार तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छ ?
- 48.43 प्रतिशत

विश्व किर्तिमानमा नेपाल

विश्व किर्तिमानमा नेपाल
विश्वको सर्वोच्च शिखर : सगरमाथा (8,848 मिटर )
विश्वको सर्वोच्च उचाइको धानखेती : जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलोमा गरिने " जुम्लि मार्सी " नामको धानखेती ( 2850 मिटर उचाइ ) विश्वको सर्वाधिक गहिरो गल्छी : म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा कालीगण्डकी नदीले बनाएको 6867 मिटर गहिरो गल्छी
विश्वको सर्वोच्च स्थानमा रहेको ताल : मनाङ जिल्लाको तिलिचो ताल ( 4919 मिटर उचाइ )
होचो उपत्यका : अरुण उपत्यका ( पूर्वमा 8586 मिटर अग्लो कञ्चनजंघा र पश्चिममा 8848 मिटर अग्लो सगरमाथाको बीचमा पर्ने उपत्यका )
विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज : सगरमाथा राष्ट्रिय निकुञ्ज
अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर )
दुर्लभ च्याउ : ट्रयाफिना नेपालेन्सिस सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी : अरुण नदी
सर्वोच्च स्थानमा रहेको झरना : डोल्पा जिल्लास्थित सुलिगढ झरना ( 3613 मिटर उचाइमा )
सर्वोच्च स्थानमा रहेको बस्ती : डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
सर्वोच्च स्थानमा रहेको होटल : सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित 12,713 फिट उचाइमा रहेको " होटल एभरेष्ट भ्यु "
विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको 5,050 मिटरको उचाइमा रहेको पिरामिड नामक वैज्ञानिक प्रयोगशाला
विश्वको सर्वाधिक उचाइमा पाइने फूल : स्टेलरिया डेकुम्बेन ( 6,492 मिटरको उचाइमा )

Saturday, May 16, 2009

नेपालको भौगोलिक परिचय (सामान्य परिचय)

नेपालको कूल छेत्रफल 1,47,181 वर्ग किलोमिटर छ । नेपालले विश्वको कूल छेत्रफलको 0.03 % र एसिया महादेशको 0.3 % भाग ओगटेको छ । नेपाल 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर तथा 26 डिग्री 22 मिनेट उत्तरी अछांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अछांशबीच अवस्थित छ । नेपालको औसत लम्बाई 885 किलोमिटर र चौडाई 193 किलोमिटर छ । यसको सबभन्दा बढी चौडाई 241 किलोमिटर र सबभन्दा कम चौडाई 145 किलोमिटर छ । नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रामाणिक समय ग्रिनवीच समय भन्दा 5 घण्टा 45 मिनेट छिटो छ । यो समय 2042 वैशाख 1 देखि लागू गरिएको हो । नेपालमा विश्वकै सबभन्दा अग्लो भूभाग सगरमाथा 8848 मिटर उचाइमा छ । नेपालको सबभन्दा होचो भूभाग झापाको केचनाकलन हो जसको उचाइ समुद्र सतहदेखि 70 मिटर छ ।